२० औँ संघीय प्रतिनिधि सभा सम्पन्न

नेपाल शिक्षक सङ्घ संघीय कार्यसमितिले २० औँ संघीय प्रतिनिधिसभा सम्पन्न गरेको छ ।
नेपाल शिक्षक सङ्घको विधानमा भएको प्रबन्धअनुसार चैत्र २७–२९ मा सुकेधारामा प्रतिनिधिसभा सम्पन्न गरेको हो । संघीय कार्य समिति, ७ प्रदेश र ७२ जिल्लाका प्रतिनिधिहरुको सक्रिय सहभागितामा नेपाल शिक्षक सङ्घका संघीय अध्यक्ष श्री राजेन्द्रराज पौडेलज्यूको अध्यक्षता, नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यता, नेपाली कांग्रेसका वरिष्ठ नेता श्री रामचन्द्र पौडेल, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र नेपाल शिक्षक सङ्घ संघीय समितिका पूर्व तथा निवर्तमान अध्यक्षज्यूहरुको समुपस्थितिमा चैत्र २७ मा उद्घाटन भई चैत्र २८ र २९ मा सञ्चालन भएको २०औँ संघीय प्रतिनिधिसभाको बन्दसत्रमा गरिएको व्यापक र घनीभूत छलफलबाट शैक्षिक र समसामयिक विषयमा विभिन्न निर्णयहरु गरेको छ ।

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these