नेपाल शिक्षक सङ्घ संघीय कार्य समितिको तेस्रो पूर्ण बैठक संघीय कार्यलय धुम्बाराहीमा सम्पन्न भएको छ । संघीय अध्यक्ष राजेन्द्रराज पौडेलको अध्यक्षतामा पुस ४ र ५ गते बसेको बैठकले सांगठनिक, आर्थिक र स्वास्थ्य सुरक्षा कोष कार्यविधि तथा सहकारी व्यवस्थासम्बन्धी प्रस्तुत प्रतिवेदनहरुमा आवश्यक सुझाबहरु सहित पारित गरेको छ ।
सङ्घले सदस्यता नवीकरण अभियान तथा वितरण, सांगठनिक क्रियाशीलता र शैक्षिक एवं शिक्षकका पेसागत समस्याहरुलाई पहिचान गरी संघीय तहमा जानकारी पु¥याउने उद्देश्यले ७५३ वटै स्थानीय तहमा स्रोतव्यक्तिहरु परिचालन गर्ने निर्णय गरेको छ ।
बैठकले शैक्षिक विकास र गुणस्तरीय शिक्षा साथै पेसागत सेवा सुविधासम्बन्धी नेपाल शिक्षक महासंघले गरेको ३२ बुँदे मागसहितको चरणबद्ध आन्दोलनमा सक्रियतापूर्वक सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्देै नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको वार्र्तामा उच्च सजगता र परिवक्वतासहित प्रस्तुत हुन र वार्तालाई सार्थक निष्कर्षमा पु¥याउन वार्तासमितिलाई सुझाब दिएको छ ।
बैठकले पूर्वअध्यक्षहरु केशवप्रसाद भट्टराई, मोहन ज्ञवाली, निवर्तमान अध्यक्ष केशव निरौला, पूर्ववरिष्ठ उपाध्यक्ष चुन्नीशरण यादव र पूर्वउपाध्यक्ष (महिला) माधवी कटुवाललाई सङ्घको सल्लाहकार समितिमा मनोनयन गरेको छ । यसैगरी संघीय महाधिवेशन प्रतिनिधि रेणुका पोख्रेल (सुनसरी)लाई संघीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।
स्थानीय, जिल्ला तथा प्रदेश समिति र राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरू, राष्ट्रिय रेकर्ड बनाउने विद्यार्थीलगायतलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
आगामी चैत्र भित्रमा स्थानीय, जिल्ला, प्रदेश र संघीय प्रतिनिधि सभा सम्पन्न गर्ने, सङ्घको मुखपत्र शिक्षक आवाज र सहिद शिक्षक स्मारिका प्रकाशन गर्ने, नेपाल शिक्षक महासंघको विधानमा समयसापेक्ष संशोधन गरी आबद्ध संस्थाहरुको सांगठनिक सबलताका आधारमा प्रतिनिधित्वको प्रबन्ध गर्न विधान संशोधन प्रस्ताव तयार गर्न जिम्मेवारी दिनेलगायतका महत्वपूर्ण निर्णय गरिएको छ ।