+977-4375298     info@ntanepal.org
nta.nta11@gmail.com

Uncategorized

हार्दिक बधाई तथा शुभकामना

नेपाल शिक्षक संघका सल्लाहकार, निवर्तमान अध्यक्ष, नेपाल शिक्षक महासंघका संस्थापक अध्यक्ष, सार्क शिक्षक महासंघका निवर्तमान अध्यक्ष श्री केशव निरौला नेपाल सरकार मन्त्रिपरिषद् २०७८ भाद्र २९ गतेको निर्णय अनुसार राष्ट्रिय भूमि आयोगको अध्यक्षजस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिका तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

नेपाल शिक्षक महासंघको रिले अनशन

नेपाल शिक्षक महासंघको आन्दोलनको कार्यक्रममा आज माइतीघरमा जारी रिले अनशनका तस्बिरहरु

ने.शि.संघ प्रदेश २ बैठक सम्पन्न

नेपाल शिक्षक सङ्घ प्रदेश कार्य समिति प्रदेश नं २ को नवौँ पूर्ण बैठक सम्पन्न भएको छ । नेपाल शिक्षक संघ संघीय कार्य समितिका अध्यक्ष राजेन्द्रराज पौडेलको प्रमुख आथिथ्यतामा गत बुधबार सुरु भएको बैठक २ दिनसम्म चलेको थियो । बैठकले समसामयिक र शैक्षिक निर्णयहरु गर्दै सांगठनिक क्रियासिलताई थप सशक्त बनाउने निर्णय गर्दै सम्पन्न ।

नेपाल शिक्षक महासंघको अपिल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेकोमा नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । शिक्षक महासंघका महासचिव र सहअध्यक्ष तथा आबद्द संबद्ध संस्थाका १२ जना अध्यक्षहरुद्वारा जारी गरिएको अपिलमा नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिलाई अपमान गरिएको उल्लेख छ । अपिलमा प्रधानमन्त्रीको यो कदम गैरसंवैधानिक, गैरराजनीतिक तथा बदनियतपूर्वक गरिएकोले संगठित र सक्रिय भई प्रतिवाद गर्न सबै शिक्षाकर्मी, राजनीतिकर्मी,...

नेतृत्व क्षमता तथा सीप विकास प्रशिक्षण सम्पन्न

नेपाल शिक्षक संघ संघीय महिला विभागको संयोजन तथा नेपाल शिक्षक संघका सात वटै प्रदेश महिला विभागको आयोजनामा महिला नेतृत्व क्षमता तथा सीप विकास प्रशिक्षण कार्यक्रम सम्पन भएको छ । भदौ १७ देखि २३ गतेसम्म सञ्चालन भएको कार्यक्रममा संघय अध्यक्ष राजेन्द्रराज पौडेलले संस्थागत गतिविधि तथा समसामयिक विषयमा जानकारी गराउनु भएको थीयो भने महासचिव सोमनाथ गिरीले सांगठनिक गतिविधि तथा नेतृत्व क्षमता...

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मिकिशोर सुबेदीद्वारा प्रेसित विज्ञप्ति

नेपाल शिक्षक महासंघको समसामयिक परिस्थितिमा महासंघका महासचिव लक्ष्मिकिशोर सुबेदीद्वारा प्रेसित विज्ञप्ति ।

प्रधानमन्त्रीलाई सुझाब पत्र

नेपाल शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्रराज पौडेलले प्रधानमन्त्रीका नाममा खुला सुझाब पत्र लेख्दै हाल विश्वभर फैलिरहेको कोरोना महामारी र यसबाट नेपाल सरकारले नेपाली जनताको सुरक्षाका लागि अपनाउनु पर्ने साबधानी र यसबाट सुरक्षित रहनका लागि केही उपयोगी विषय बुँदागत रुपमा प्रस्तुत गर्नु भएको छ । सुझाव पत्रमा उहाले कोरोना रोगको प्रारम्भ भएको चीनको वुहानमा चीन सरकारले कस्ता कस्ता रणनीति अपनाइ...