+977-4375298     info@ntanepal.org
nta.nta11@gmail.com

News & Events

प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती मितिः२०८०/०६/०७आदरणीय साथीहरु,संघीय सरकारद्वारा संसदमा दर्ता गरेको “विद्यालय शिक्षा विधेयक २०८०” सबै प्रकारका नेपाली शिक्षक, विद्यालय कर्मचारी र बालविकासमा कार्यरत शिक्षकहरुको हित गर्न नसक्ने, गुणस्तरीय सार्वजनिक शिक्षाको विकास र संबृद्धिमा प्रतिकुल तथा तमाम विद्यार्थी र अभिभावकका चाहानालाई संवोधन गर्न नसक्ने अबैज्ञानिक, अव्यवहारिक र निरंकुश रहेको ठहर गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा मिति २०८० असोज ३ गते देखि काठमाण्डौमा...

बधाई तथा शुभकामना

नेपाल प्राध्यापक संघको केन्द्रीय सभापति पदमा बुटवल बहुमुखी क्यापस बुटवलका प्रा.डा. बुद्धिबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।

परासीमा ने.शि. संघको अन्तर्क्रिया कार्यक्रम

नवलपरासी| नेपाल शिक्षक संघ नवलपरासीका रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउंपालिकाकाे संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । परासीमा शनिबार सम्पन्न अन्तर्क्रियामा नेपाल शिक्षक संघका संघिय महासचिव साेमनाथ गिरीको प्रमुख आतिथ्यता रहेको थियो । रामग्राम न.पा. र पाल्हीनन्दन गाउँपालिकाका नेपाल शिक्षक संघका सदस्य तथा अन्य शिक्षकहरुको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा विविध शैक्षिक र समसामयिक विषयमा छलफल भएको थियो ।