नेपाल शिक्षक संघ संघीय कार्य व्यवस्था समितिको बैठक सम्पन्न भएको छ । श्रावण २६ र २७ गते संघको संघीय कार्यालयमा भएको बैठकले शैक्षिक र समसामयिक विषयमा विभिन्न निर्णय गरेको छ ।
बैठकमा बोल्दै संघीय अध्यक्ष राजेन्द्रराज पौडेलले नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएका वार्तामा भएका सहमतिका विषयहरु जानकारी गराउनु भयो ।