नेपाल शिक्षक सङ्घको ८औँ सङ्घीय २०७४ चैत्र १ गते राष्ट्रिय सभागृह काठमाडौंमा नेपाल शिक्षक सङ्घका संस्थापक अध्यक्ष देवेन्द्रप्रसाद उपाध्यायको प्रमुख आतिथ्यता, पूर्वअध्यक्षद्वय केशव प्रसाद भट्टराई र मोहन ज्ञवालीको विशिष्ट आतिथ्यता, सल्लाहकार चुन्नीशरण यादवको विशेष आतिथ्यतामा सङ्घीय कार्यसमितिका अध्यक्ष श्री केशव निरौलाज्यूको अध्यक्षतामा सम्पन्न भयो । उक्त सभामा मुलुकभरिका ७५ जिल्लाका सङ्घीय प्रतिनिधिहरू, ७ वटै प्रदेशका प्रदेश कार्यसमितिका पदाधिकारी र सङ्घीय कार्य समितिका पदाधिकारीहरू गरी ५९१ जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सो अवसरमा नेपाल शिक्षक सङ्घमा आबद्ध शिक्षकहरूले राजीनामा गरी २०७३ सालमा भएको स्थानीय तहको निर्वाचनमा विजयी हुनुहुने जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । उद्घाटनसत्र पश्चात चैत्र २ र ३ गते नवदुर्गा पार्टी भेन्यु सुकेधारामा बन्दसत्रको कार्यक्रम सम्पन्न भयो ।
