President’s Message

शिक्षकहरूको पेसागत सम्मान, सुरक्षा र समग्र राष्ट्रको शैक्षिक उन्नयनका लागि लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र न्यायपालिका र स्वच्छ पत्रकारिता अनिवार्य सर्त एवं आदर्श मानी २०४७ साल वैशाख ३० गते विधिवत रुपमा गठन भएको आम नेपाली शिक्षकको गौरवमय संस्था हो– नेपाल शिक्षक सङ्घ । २००७ सालपछि शिक्षामा भएको परिवर्तन सँगसँगै नेपाल शिक्षक सङ्घको निर्माणका आधारहरू पनि अघि बढेको पाइन्छ । २००७ सालको चैतमा प्रजातन्त्रवादी शिक्षकहरू काठमाडौंको जेपी हाइस्कुलमा भेला भई रामजी प्रसाद शर्माको अध्यक्षतामा तदर्थ समिति गठन गरेका थिए । यस समितिको वैधानिकता पछि श्यामकृष्ण गौतम, आनन्द प्रसाद ढुंगानाले अध्यक्षता सम्हाल्नुभएको थियो । संगठन निर्माणमा हरिहर रिसालको महत्वपूर्ण भूमिका रहेको थियो । वि.सं. २०१३ मा माध्यमिक शिक्षक सङ्घ गठन भयो । त्यसको अध्यक्ष आनन्द प्रसाद ढुंगाना रहनुभएको थियो । त्यसताका प्रजातन्त्रवादी शिक्षकको सङ्घ गठन तयारी तत्कालीन राजा महेन्द्रको २०१७ को कदमले पूरा हुन पाएन । वि.सं. २०२३ सालमा प्रावि सङ्घ गठन भयो । विसं. २०३६ सम्म पञ्चायती राजमा सङ्घको गतिविधि न्यून रह्यो । वि.सं. २०३७ सालमा सबैखाले विचारका शिक्षकहरूको प्रयासमा नेपाल राष्ट्रिय शिक्षक संगठनको निर्माण भयो । २०४१÷०४२ सालमा सरकारको शिक्षक संगठनलाई कमजोर बनाउन ल्याएको मावि र प्रावि सङ्घको अवधारणाबाट शिक्षकको आन्दोलन माथि उठ्न सकेन । २०४६ सालको जनआन्दोलनको सङ्घारमा प्रजातन्त्रवादी शिक्षकहरूले देवेन्द प्रसाद उपाध्यायको संयोजकत्वमा शिक्षकका मागसहित देशमा बहुदलीय व्यवस्थाको स्थापना र आफ्ना मागहरू पूरा गराउन शान्तिपूर्ण आन्दोलन गरेका थिए । जसले पञ्चायत व्यवस्था नै फाल्न सहयोग पुग्यो । प्रजातन्त्र, लोकतन्त्र र मानव अधिकारलाई सर्वोपरी ठान्ने प्रजातन्त्रवादी शिक्षकहरूले अन्ततः २०४७ साल वैशाख ३० गते नेपाल शिक्षक सङ्घको विधिवत स्थापना गर्न सफल भए । २०४७ सालमा स्थापित यस सङ्घले २०७९ चैत्र (२८–३०) काठमाडौंमा नवौँ संघीय महाधिवेशन सम्पन्न गरिसकेको छ ।

यसको संस्थापक अध्यक्ष देवेन्द« प्रसाद उपाध्याय हुनुहुन्छ । यो संस्था नेपाल ट्रेड युनियन ऐन २०४९ मा दर्ता भई शिक्षकको पेशागत मर्यादाको अभिवृद्धि गर्ने शिक्षक र शिक्षाका सरोकारवालाहरुको आत्मसम्मान निर्माण गर्दै गुणस्तरीय शिक्षा प्रदानलाई प्रमुख उद्देश्य मान्दै निम्न अनुसारको लक्ष्यमा केन्दि«त छ ।

  • शिक्षाका पेशागत सुरक्षा, अधिकार र मर्यादा सुनिश्चित गर्नु ।
  • सबैका लागि गुणस्तरीय शिक्षाको पक्षमा सशक्त प्रयत्न गर्ने ।
  • शिक्षकका पेशामा आइपर्ने दैनिक समस्या समाधानमा सहयोग पु¥याउनु ।
  • शिक्षकहरुमा नागरिक स्वतन्त्रता, बहुलवाद, मानव अधिकार, ट्रेड युनियन अधिकार पेशागत ज्ञान र चेतना विस्तार गर्न कार्यक्रमहरु सञ्चालन गर्नु ।
  • विद्यार्थीका आधारभूत अवसरहरूको प्राप्तिमा सहयोग तथा अनुकूल वातावरणमा शिक्षा प्रदान गर्नु ।
  • विद्यालयका सरोकारवालाहरुसँग सहकार्य र समन्वय गरी शैक्षिक विकासमा लागिरहनु ।
  • समयानुकूल शिक्षाका बारेमा अवधारणा निर्माण र सम्बन्धित निकायमा सुझाव प्रस्तुत र पक्षीकरण गर्नु ।
  • लोकतन्त्र, मानव अधिकार स्वतन्त्र न्यायपालिका स्वच्छ पत्रकारिताको पक्षमा निरन्तर लागिरहनु ।
  • पेशागत हक स्थापित गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धमा ट्रेड युनियनहरुसँग आबद्धता, सहकार्य तथा एकता वृद्धि गर्नु ।
  • मुलुकका सामाजिक समस्याहरु (जस्तैः बालश्रम, लैंगिक विभेद) विषयको निराकारणका लागि निरन्तर क्रियाशील रहनु ।