About us

२०४६ सालको आन्दोलनपश्चात् स्थापित प्रजातन्त्रको अधारशीलाको रुपमा र शिक्षकको पेसागत अधिकार संरक्षण गर्ने महाअभियानबाट प्रेरित भई नेपाल शिक्षक सङ्घ (ने.शि.सङ्घ) को स्थापना विधिवत् रुपमा वि.सं. २०४७ वैशाख ३० गते भएको हो ।
वि.सं. २००७, वि.सं. २०१३, वि.सं. २०१५, वि.सं. २०१७, वि.सं. २०२१ मा काठमाडौंमा पटकपटक शिक्षकहरुको भेला, सभा र संस्था हुने र खोलिने गरिएका भए तापनि विभिन्न कारणले संस्थागत भइ फस्टाउन सकेका थिएनन् । वि.सं. २०३६ मा हेटौँडामा राष्ट्रिय शिक्षक संगठनको गठन भएको र ०४३ मा मावि र प्रावि संघ गठन भएको शिक्षकहरुको पेसागत आन्दोलनको ऐतिहासिक पृष्ठभूमि रहेको छ । वि.सं. २०४६ को आन्दोलन पश्चात मात्र वास्तविक रुपमा शिक्षकहरुको पेसागत अधिकार सुरक्षाका लागि पहल भएको देखिन्छ र यसमा नेपाल शिक्षक सङ्घको सदैव अहम् भूमिका रही आएको छ ।
शिक्षकहरुको पेसागत सम्मान, सुरक्षा र समग्र राष्ट्रको शैक्षिक उन्नयनका लागि लोकतन्त्र, मानवअधिकार, स्वतन्त्र न्यायपालिका, प्राज्ञिक स्वतन्त्रता र स्वच्छ पत्रकारिता अनिवार्य सर्त मानी स्थापित नेपाल शिक्षक सङ्घ नेपाली शिक्षकहरुको पेसागत सुरक्षा, अधिकार र मर्यादाको अभिवृद्धि गर्न र शिक्षक र शिक्षाका सरोकारवालाहरुको आत्मसम्मान निर्माण गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा सदैव कटिबद्ध छ ।
करिब ९५००० सदस्य रहेको यस संस्थाको ९औँ राष्ट्रिय महाधिवेशन (२०७९ चैत्र २८–३०, काठमाडौं) सम्पन्न भइसकेको छ । समयसापेक्ष शिक्षाको अवधारणा अनुरुप सम्पन्न ९औँ संघीय महाधिवेशनले मूल नारा, ‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पुर्वाधार’ तय गरेको छ भने ९औँ संघीय अध्यक्षका रुपमा श्री सोमनाथ गिरी रहनुभएको छ ।
नेपाल शिक्षक सङ्घ राष्ट्रिय रुपमा तत्कालीन ‘नेपाल शिक्षक युनियन’को संस्थापक सदस्य तथा युनियनको रुपान्तरित रुप ‘नेपाल शिक्षक महासंघ’को संस्थापक सदस्य हो । यस संस्था नेपाल ट्रेड युनियन कांग्रेस (नेपाल ट्रेड युनियन कांग्रेस अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको आबद्ध संस्था हो) को संस्थापक सदस्य हो । यसैगरी अन्तर्राष्ट्रिय रुपमा पनि नेपाल शिक्षक सङ्घ शैक्षिक संस्थाहरुसँग आबद्ध रहँदै विश्व शिक्षक महासंघ (भ्क्ष्) र दक्षिण एसियाका शिक्षकहरुको साझा संगठन सार्क शिक्षक महासंघ (क्त्ँ) को संस्थापक सदस्य समेत हो ।
नेपालको संविधान २०७२ लागू भएपश्चात् देशको संरचना संघ, प्रदेश र स्थानीय तहमा रुपान्तरण भएपछि नेपाल शिक्षक सङ्घले २०७३ कात्तिक २४ र २५ गते विधान अधिवेशन सम्पन्न गरी संशोधित विधान बमोजिमको सांगठनिक संरचना निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ । हालसम्म संशोधित विधान अनुरुप ७५३ स्थानीय तह, ७७ जिल्ला, ७ प्रदेशको अधिवेशन र संघीय महाधिवेशन (२०७९ चैत्र २८–३०)मा सम्पन्न भइसकेको छ ।
गुणस्तरीय शिक्षाको लागि आवश्यक पूर्वाधारहरु निर्माणमा नेपाल शिक्षक सङघ सदैव प्रतिबद्ध रहने र शिक्षामा न्यूनतम २० प्रतिशत बजेट, शिक्षकको पेसागत मर्यादा, विद्यालयमा आवश्यक भौतिक पूर्वाधार, विद्यार्थीलाई जीवनोपयोगी शिक्षाजस्ता अतिआवश्यक पूर्वाधारहरुमा राज्यको ध्यान केन्द्रित रहनुपर्दछ भन्ने अवधारणाका साथ सामूहिक सौदाबाजी गर्ने संस्थाको रुपमा नेपाल शिक्षक सङ्घ अनवरत क्रियाशील छ ।

नेपाल शिक्षक सङ्घको उद्देश्य र कार्यहरू
शिक्षकका हकहितसम्बन्धी
क) शिक्षकहरूको पेशागत आत्मसम्मान, सुरक्षा, अधिकार र मर्यादा सुनिश्चित गराउनु र उनीहरूलाई सम्मानजनक र सन्तोषजनक काम गर्ने वातावरण निर्माण गर्नु ।
ख) शिक्षकहरूलाई जीवनमा सफलता र पेशामा सन्तुष्टि प्राप्त गर्न र आफ्नो क्षेत्रमा उनीहरूलाई सुस्थापित गर्न कार्यक्रमहरू सञ्चालन गर्नु ।
ग) शिक्षकहरूलाई दैनिक जीवनमा आइपर्ने समस्याहरूको समाधानमा सहयोग गर्नु ।
घ) शिक्षकहरूको ट्रेड युनियन अधिकार, पेशागत ज्ञान, सीप र चेतनामा विस्तार गर्नु ।
(ङ) आर्थिक र सामाजिक सुरक्षाका लागि सहकारी तथा अन्य अभियान सञ्चालन गर्नु । आर्थिक र सामाजिक सुरक्षाका लागि शिक्षकहरूका बीच सहकारी अभियानलाई अघि बढाउँदै सहकारी संस्थाको स्थापनामा क्रियाशील रहनु ।

विद्यार्थी र अभिभावक सम्बन्धी
क) विद्यार्थीहरूको सम्मानजनक ढंगबाट सिक्ने अवसरको अधिकार सुनिश्चित गर्नु ।
ख) विद्यार्थी, अभिभावक, शिक्षाविद् र समाजसेवीहरू तथा संघ संस्थाहरूसँग उपरोक्त दृष्टि र दर्शनहरूमा सहकार्य र विचार तथा अनुभवहरूको आदन प्रदान गर्नु ।
ग) शिक्षक, विद्यार्थी र अभिभावक तथा अन्य शिक्षाकर्मीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र अन्य शिक्षा सरोकारवाला समूहहरूसँग बृहत्तर एकता विकास गर्नु ।
घ) बालबालिका, युवा र प्रौढहरूको शैक्षिक हित र आवश्यकताहरूको प्राप्तिबारे शिक्षक र विभिन्न शिक्षक सरोकार समूहहरूका बीच छलफल र सहयोग आदान प्रदान गर्नु ।

शिक्षा सम्बन्धी
क) शिक्षाको पहुँच, गुणस्तर निर्माण र कुशल व्यवस्थापनका लागि शिक्षक र स्थानीय समुदायसँग सहकार्य गर्नु ।
ख) जीवन उपयोगी शिक्षाका लागि राज्यसँग पहल गर्नु ।
(ग) शिक्षा क्षेत्रमा अनुसन्धान गरी ज्ञान वृद्धिमा योगदान पु¥याउनु र उपयुक्त नीति तथा कानुन निर्माण गराउन सकारात्मक प्रयास र पहल गर्नु ।
ग) आफ्ना उद्देश्यहरू प्राप्तिका लागि उद्देश्यमूलक सामाजिक शैक्षिक आन्दोलन विकास गर्नु ।
घ) आफ्ना दृष्टि र उद्देश्यहरूको प्राप्तिका क्षेत्रमा राज्यले अंगीकार गरेका नीतिहरूको समीक्षा गरी आवश्यक वैकल्पिक नीति तर्जुमा गर्नु ।

सामाजिक दायित्व सम्बन्धी
क) सामाजिक जीवनका सबै क्षेत्र र तहमा लोकतन्त्र, नागरिक स्वतन्त्रता, मानव अधिकार, दिगो शान्ति र वातावरण संरक्षणका लागि सामाजिक संवाद र दायित्व निर्माणका प्रक्रियाहरू अघि बढाउन प्रयत्नशील रहनु ।
ख) लोकतन्त्र, न्याय र समानताका मूल्य र आदर्शहरूको रक्षाका लागि सबै तहमा सुशासन कायम राख्न सामाजिक प्रतिबद्धता निर्माण गर्नु ।
ग) आफ्ना दृष्टि र उद्देश्यलाई राज्य नीतिको रूपमा विकास गर्न आवश्यक दबाब र प्रभाव निर्माण गर्ने अभियानहरू सञ्चालन गर्नु ।
घ) समान विचार र उद्देश्य भएका अन्य संघीय तथा अन्तर्राष्ट्रिय सामाजिक संगठन, पेशागत संगठन र ट्रेड युनियनहरूसँग सहकार्य गर्नु ।
ङ) नेपाल शिक्षक सङ्घले पेशागत शैक्षिक र वैचारिक संस्थाको रूपमा आफ्नो परिचय निर्माण गर्दै नागरिक स्वतन्त्रता, उदार सामाजिक अर्थव्यवस्था, राजनीतिक बहुलवादप्रति प्रतिबद्ध सामाजिक जनमत निर्माण गर्नु ।
च) लोकतान्त्रिक, शैक्षिक र सामाजिक नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्नु ।
छ) नेपालको संविधानको मर्म र भावना अनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिको संस्थागत विकासमा केन्द्रीत रही कार्यक्रमहरू सञ्चालन गर्नु ।

सम्पन्न सङ्घका महाधिवेशनहरु
१) शिक्षक नेता आदरणीय देवेन्द्रप्रसाद उपाध्यायको नेतृत्वमा २०४७ वैशाख ३० गते तदर्थ समिति गठन ।
२) २०४७ फागुन (१९–२१) काठमाडौंमा प्रथम अधिवेशन सम्पन्न । अधिवेशनले देवन्द्र प्रसाद उपाध्यायको नेतृत्वमा कार्य समिति चयन ।
३) २०५१ वैशाख ३० देखि जेष्ठ १ काठमाडौंमा दोस्रो महाधिवेशन सम्पन्न भई देवेन्द्रप्रसाद उपाध्यायको नेतृत्वमा कार्य समिति निर्माण ।
४) २०५३ फागुन (१९–२२) काठमाडौंमा तेस्रो राष्ट्रिय महाधिवेशनले केशवप्रसाद भट्टराईको नेतृत्वमा कार्य समिति निर्माण ।
५) २०५७ फागुन (१७–२१) काठमाडौंमा चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न केशवप्रसाद भट्टराईको नेतृत्वमा राष्ट्रिय कार्य समिति चयन ।
६) २०६२ वैशाख (११–१४) पाटनमा पाचौँ राष्ट्रिय महाधिवेशन सम्पन्न महाधिवेशनले मोहन ज्ञवालीको नेतृत्वमा कार्य समिति चयन ।
७) २०६५ फागुन (२१–२५) काठमाडौंमा छैटौँ राष्ट्रिय महाधिवेशनले मोहन ज्ञवालीको नेतृत्वमा कार्य समिति चयन ।
८) २०६९ फागुन (९–१२) काठमाडौं सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न । महाधिवेशनले केशव निरौलाको नेतृत्वमा कार्य समिति चयन ।
९) २०७४ चैत्र (१–३) काठमाडौंमा ८औँ संघीय महाधिवेशन सम्पन्न । महाधिवेशनले राजेन्द्रराज पौडेलको अध्यक्षतामा संघीय कार्य समिति चयन ।
१०) २०७९ चैत्र (२८–३०) काठमाण्डौँमा ९औँ संघीय महाधिवेशन सम्पन्न । महाधिवेशनले श्री सोमनाथ गिरीको नेतृत्वमा संघीय कार्य समिति चयन ।

नेपाल सङ्घका नाराहरु
ज्ञ। शिक्षा प्रजातन्त्रको लागि प्रजातन्त्र मुलुकको सर्वाङ्गीण बिकासका लागि । (दोस्रो महाधिवेशन )
द्द। नेपाल शिक्षक सङ्घको मूल मन्त्र, सामाजिक न्याय, स्तरीय शिक्षा र प्रजातन्त्र । (तेस्रो महाधिवेशन )
घ। गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक, गुणस्तरीय लगानी र गुणस्तरीय व्यवस्थापन । (चौथो महाधिवेशन)
द्ध। दिगो विकासका लागि शिक्षा र सहश्राव्दी बिकास लक्ष्य प्राप्तिमा शिक्षक ।
(पाँचौँ महाधिवेशन)
छ। गुणस्तरीय शिक्षा, उच्च शिक्षक मर्यादा र सुरक्षित नागरिक स्वतन्त्रता, नेपाल शिक्षक संघको प्रतिबद्धता । (छैठौँ महाधिवेशन )
ट। सन्तुष्ट शिक्षक, युगानुकूल शिक्षा, लोकतन्त्र र समृद्ध राष्ट्र हाम्रो प्रतिबद्धता । (सातौँ महाधिवेशन )
ठ। “शिक्षकको मर्यादित पेसा, विद्यार्थीलाई जीवनोपयोगी शिक्षा” (आठौँ संघीय महाधिवेशन)
ड। “गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पूर्वाधार” (नवौँ संघीय महाधिवेशन)

शिक्षक सङ्घको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आबद्धता
राष्ट्रिय
 २०६० माघ २ गते गठन गरिएको शिक्षा ऐनमा व्यवस्थित आधिकारिक तथा नेपाली शिक्षकहरुको साझा युनियन नेपाल शिक्षक युनियनको संस्थापक सदस्य रहेको ।
 नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक सदस्य । (नेपाल टे«ड युनियन कांग्रेस अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (क्ष्त्ग्ऋ) को आबद्ध संस्था)
 २०७० माघ २८ गते गठन भएको नेपाल शिक्षक महासङ्घको संस्थापक सदस्य । महासङ्घको पहिलो नेतृत्व गर्ने संस्था ।
 शिक्षाको लागी राष्ट्रिय अभियान (ल्ऋभ् ल्भउब)ि को सदस्य ।

अन्तर्राष्ट्रिय
 विश्व शिक्षक महासङ्घ भ्क्ष् (भ्मगअबतष्यलब िक्ष्लतभचलबतष्यलब)ि को संस्थापक सदस्य ।
 सार्क शिक्षक महासङ्घ (क्ब्त्ँ) को संस्थापक सदस्य । (क्ब्त्ँ) दक्षिण एसियाका ६ राष्ट्रका ८० लाख शिक्षकहरूको साझा संगठन ।

मूलभूत शैक्षिक अवधारणा
 लोकतन्त्र, बहुलवाद, सामाजिक न्याय, स्वतन्त्र न्यायपालिका, स्वच्छ पत्रकारिता र स्वतन्त्र शैक्षिक वातावरणको पूर्वाधार निर्माण ।
 शिक्षाको समयानुकूल परिवर्तन गर्न संवैधानिक शैक्षिक नीति निर्माण व्यवस्थापन आयोगको प्रवन्ध
 शिक्षा राज्यको प्रथम प्राथमिकताको सूचीमा परी राज्यले कम्तीमा २५% बजेट व्यवस्थापन गर्ने व्यवस्था ।
 माध्यमिक तहसम्मको शिक्षा निःशुल्क ।
 संवैधानिक शिक्षा आयोग गठन गरी एकै थरीका शिक्षकको प्रवन्ध गर्ने ।
 बहुआयामिक व्यावसायिक शिक्षा विद्यालयमा प्रवेश गराई स्वरोजगारीको नीति व्यवहारिक ढंगबाट तत्काल कार्यान्वयन ।
 राज्यसँग भएका शिक्षक आन्दोलनका सहमति शीघ्र कार्यान्यवन ।
 निश्चित प्रतिशतमा राज्यको विधायिकामा शिक्षकका पेशागत सङ्घसंस्थाको प्रतिनिधित्व गर्ने कानुनी प्रावधानको व्यवस्था ।