२०औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षकहरु सम्मानित हुनु भएको छ । शिक्षा मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उत्कृष्ट विध्यालयका रुपमा छनाैट भई श्री रेसुङ्गा माबि गुल्मीका प्र.अ. तथा नेपाल शिक्षक संघ गुल्मीका अध्यक्ष एवं नेपाल शिक्षक महासंघ प्रदेश ५ का अध्यक्ष श्री प्रेमनारायण भण्डारी, श्री मेधा माबि भक्तपुरका प्रअ तथा नेपाल शिक्षक संघ भक्तपुरका अध्यक्ष एवं नेपाल शिक्षक महासंघ भक्तपुरका अध्यक्ष श्री गंगाधर हाडा, श्री तरुण माबि काठमाडौंका प्रअ तथा नेपाल शिक्षक संघ सदस्य श्री प्रमिला काफ्ले सम्मानीत हुनु भएको हो ।

कार्यक्रममा नेपाल शिक्षक संघकाे नेतृत्व गर्दै सफल प्र.अ. भई उदाहरण प्रस्तुत गर्नु भएकाेमा उहाँहरुलाई नेपाल शिक्षक संघका संघीय अध्यक्ष श्री राजेन्द्रराज पौडेलले बधाई तथा शुभकामना दिनुभएको थियो ।
हरेक वर्ष राष्ट्रिय शिक्षा दिवसका अवसरमा सरकारले उत्कृष्ट शिक्षक, विध्यालयहरुलाई सम्मान तथा पुरस्कार दिने गरेको छ ।