प्रेस विज्ञप्ती
September 25, 2023
प्रेस विज्ञप्ती
मितिः२०८०/०६/०७
आदरणीय साथीहरु,
संघीय सरकारद्वारा संसदमा दर्ता गरेको “विद्यालय शिक्षा विधेयक २०८०” सबै प्रकारका नेपाली शिक्षक, विद्यालय कर्मचारी र बालविकासमा कार्यरत शिक्षकहरुको हित गर्न नसक्ने, गुणस्तरीय सार्वजनिक शिक्षाको विकास र संबृद्धिमा प्रतिकुल तथा तमाम विद्यार्थी र अभिभावकका चाहानालाई संवोधन गर्न नसक्ने अबैज्ञानिक, अव्यवहारिक र निरंकुश रहेको ठहर गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा मिति २०८० असोज ३ गते देखि काठमाण्डौमा भएको वृहत आन्दोलनमा देशभरिवाट उपस्थित सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
शिक्षक, पद र अलङ्कारले विभूषित मर्यादित पेसा भएको र सिकारुहरुको मुख्य पद प्रदर्शक भएकोले विशाल उपस्थिति रहँदा रहँदै पनि शिष्ट तथा अनुशासित प्रदर्शनले नेपाली समाजमा सकारात्मक छाप छोड्न यो आन्दोलन सफल भएको हाम्रो ठहर छ । विशाल प्रदर्शनीको क्रममा कहिँ कतैवाट कमिकमजोरी रहेको भए आगामी दिनहरुमा त्यस तर्र्फ सचेतनापूर्वक काम गर्ने प्रतिवद्धता समेत जाहेर गर्दछौँ ।
संविधान प्रदत्त र अन्तराष्ट्रिय अभ्यासमा रहेको ट्रेड युनियन अधिकार सम्बन्धि हक समेत हरण गरि प्रस्तावित शिक्षा विधेयकमा नसमेटिएका र नेपाल शिक्षक महासंघले लामो समय देखि उठान गर्दै आएका अधिकांश मागहरु प्रस्तावित ऐन मार्फत नै संवोधन गर्ने प्रतिवद्धता सहित सरकारका जिम्मेवार माननिय मन्त्रीहरु र सरकारका जिम्मेवार सचिवहरुबाट लिखित हस्ताक्षर भएकोले हामी पनि जिम्मेवार हुनु पर्ने र राज्यपक्ष संवेदनशील ढङ्गले प्रस्तुत हुनु पर्ने हाम्रो ठहर छ ।
साथै, मिति २०७५ देखि गत विज्ञापन सम्म स्थायी हुनु भएका स्थायी शिक्षकको निवृत्तिभरणको स्पष्ट कानुनी व्यवस्था र सम्पूर्ण राहत कोटाहरुलाई दरवन्दीमा रुपान्तरण गरि राहतमा कार्यरत शिक्षकहरुको शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्नु पर्ने मागमा सरकार सहमत नभएकै हो तर प्राप्त उपलब्धिलाई ऐन मार्फत संस्थागत गर्दै यी मागहरु सहित थप उपलब्धि प्राप्तीका लागि नेपाल शिक्षक संघ सदैव कृत संकल्पित रहने प्रतिवद्धता व्यक्त गर्दै आन्दोलनका लागि काठमाण्डौमा उपस्थित हुनुभएका शिक्षक विद्यालय कर्मचारी साथीहरुलाई हार्दिक धन्यवाद दिँदै अव कार्यक्षेत्रमा क्रियाशिल रहन अनुरोध गर्दछौँ ।
साथै नेपाल शिक्षक संघ संघीय कार्य समितिका अध्यक्ष श्री सोमनाथ गिरी माथी सम्झौता पश्चात आक्रमण भएको तथा दुव्र्यवहार भएको भनि सामाजिक संजालमा आएका समाचारहरु कपोलकल्पीत र भ्रामक भएको व्यहोरा सवैमा जानकारी गराउँदै उक्त भ्रामक समाचारहरुप्रति खेद व्यक्त गर्दछौँ र हामीप्रति चिन्ता, चासो र सदासयता एवं सद्भाव राख्नुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौँ । जय नेपाल ।।
ज्ञानेन्द्र बहादुर रावल
महासचिव