प्रधानमन्त्रीलाई सुझाब पत्र
April 9, 2020
नेपाल शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्रराज पौडेलले प्रधानमन्त्रीका नाममा खुला सुझाब पत्र लेख्दै हाल विश्वभर फैलिरहेको कोरोना महामारी र यसबाट नेपाल सरकारले नेपाली जनताको सुरक्षाका लागि अपनाउनु पर्ने साबधानी र यसबाट सुरक्षित रहनका लागि केही उपयोगी विषय बुँदागत रुपमा प्रस्तुत गर्नु भएको छ ।
सुझाव पत्रमा उहाले कोरोना रोगको प्रारम्भ भएको चीनको वुहानमा चीन सरकारले कस्ता कस्ता रणनीति अपनाइ पुर्ण नियन्त्रणतर्फ सफलता हात पार्यो भन्ने कुरा बुदागत रुपमा प्रस्तुत गर्नु भएको छ । उहाले पत्रमा अहिले सरकार र प्रतिपक्ष नभनी सबै मिलेर र सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्दै सबैलाइ समेटेर यो संकटको समाधानमा लाग्न पनि अनुरोध गर्नु भएको छ ।