+977-4375298     info@ntanepal.org
nta.nta11@gmail.com

नेपाल शिक्षक महासंघको अपिल

December 27, 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेकोमा नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । शिक्षक महासंघका महासचिव र सहअध्यक्ष तथा आबद्द संबद्ध संस्थाका १२ जना अध्यक्षहरुद्वारा जारी गरिएको अपिलमा नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिलाई अपमान गरिएको उल्लेख छ ।

अपिलमा प्रधानमन्त्रीको यो कदम गैरसंवैधानिक, गैरराजनीतिक तथा बदनियतपूर्वक गरिएकोले संगठित र सक्रिय भई प्रतिवाद गर्न सबै शिक्षाकर्मी, राजनीतिकर्मी, नागरिकसमाज तथा आम नेपालीमा अपिल गर्दै संवैधानिक विधि, पद्दति तथा सहमतिबाट समस्याको समाधान गर्न समेत माग गरिएको छ ।